काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। उनले भदौ २३ र २४ गतेको नवयुवा विद्रोहका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनामा संलग्न व्यक्तिहरूविरुद्ध उचित कारबाही हुनुपर्ने आवश्यकता औँल्याए।
थापाले घटनाको सत्यअन्वेषण र न्याय सुनिश्चित गर्न आगामी सरकारले पनि सक्रिय पहल गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार












प्रतिक्रिया