काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पार्टीले अब जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट सन्देश दिएका छन्।

काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले जनताले दिएको म्यान्डेट अनुसार नै प्रतिपक्षमा बसेर काम गर्ने बताएका हुन्।

advertisement

थापाले संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रको आधारमा काम गर्ने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई सुशासन, सेवा र विकासका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। उनका अनुसार आगामी पाँच वर्ष द्वन्द्वरहित र स्थिर राजनीतिक वातावरण बनाउनेतर्फ कांग्रेसको भूमिका रहनेछ।

निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै उनले आफूले सभापति पदबाट राजीनामा दिएको पनि जानकारी दिए। यद्यपि, केन्द्रीय समितिले फरक निर्णय गरेको भन्दै अन्तिम मूल्यांकन आगामी महाधिवेशनले गर्ने उनले बताए।

गगनकुमार थापा ले सुशासनलाई प्राथमिकतामा राख्दै २०४६ सालपछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने र अवैध सम्पत्ति जफत गर्नुपर्ने धारणा राखे। यसका लागि विशेष आयोग गठन गर्नुपर्नेमा उनले जोड दिए।

साथै, निर्वाचनको समीक्षा भइसकेको र अब सातै प्रदेशमा विस्तृत समीक्षा गरिने पनि उनले जानकारी दिए।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com