काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहभन्दा उक्त पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन्।

काठमाडौंमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदमा प्रतिपक्षका प्रश्नको खरो जवाफ दिन सक्ने क्षमता लामिछानेमा रहेकाले उनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने तर्क गरेका हुन्।हर्क साम्पाङ सञ्चारकर्मीहरूसँग भने- ‘संसदमा प्रतिपक्षले धेरै प्रश्नहरू गर्छन्, त्यसको उत्तर दिन र बोल्न सक्ने मान्छे प्रधानमन्त्री हुँदा बेस हुन्छ।’

advertisement

जनताका प्रश्नको उत्तर बिस्तारमा बुझाउन सक्ने र समय दिन सक्ने व्यक्ति आवश्यक रहेको उनले बताए।

उनले निर्वाचनअघि आफैँ प्रधानमन्त्री बन्छु भन्दै हिँडेको विषयमा भने- ‘चुनावमा सबैले त्यही भनेका थिए, तर जनताले जसलाई चुन्छन् त्यही हुने हो।’

उनले आगामी संसद् बैठकमा एमसिसीलाई खारेज गर्ने विषय प्रस्तावका रूपमा अघि बढाइने बताए। त्यस्तै, नेपालको भूगोलभित्र छिमेकी राष्ट्रले कुनै पनि अनधिकृत संरचना बनाउन नपाउने भन्दै उनले सीमा रक्षाको पक्षमा उभिने स्पष्ट पारे।

त्यस्तै, उनले श्रम संस्कृति अभियानलाई सिंहदरबारसम्म पुर्‍याउने संकल्पबारे उल्लेख गर्दै देश बनाउन श्रम अनिवार्य रहेकोमा जोड दिए।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com