काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कहिल्यै परमाणु हतियार नबनाउने सहमति गरेको दाबी गरेका छन् ।
वार्तामा इरानतर्फ कससँग कुरा भइरहेको छ भन्ने प्रश्नमा ट्रम्पले कडा प्रतिक्रिया दिँदै भने, ‘हामीले उनीहरूको सम्पूर्ण नेतृत्व समाप्त गर्यौं, अनि नयाँ नेतृत्व छान्न भेला हुँदा उनीहरूलाई पनि मार्यौं ।’
उनले अगाडि थपे, ‘अब नयाँ समूह आएको छ… उनीहरू कस्ता हुन्छन्, हेरौँ ।’
ट्रम्पका अनुसार अमेरिका र इजरायलका संयुक्त आक्रमणले इरानमा शासन परिवर्तन गराएको छ । तर, उनले चेतावनी दिँदै भने, ‘म कसैमाथि विश्वास गर्दिनँ ।’
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया