एजेन्सी । अमेरिका इजरायल–इरानबीच जारी युद्ध आज २६औँ दिनमा प्रवेश गरेको छ। तनाव झन् चर्किँदै जाँदा क्षेत्रीय सुरक्षामा गम्भीर चिन्ता बढेको छ।

मंगलबार राति इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको बताइएको छ। उक्त आक्रमणका कारण विमानस्थल परिसरमा रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको खबर सार्वजनिक भएको छ।

advertisement

यद्यपि, कुवेतको सेनाले भने सुनिएका विस्फोटहरू शत्रुपक्षका ड्रोन र मिसाइलहरू हावामै खसाल्दा उत्पन्न भएको स्पष्ट पारेको छ। सेनाले सर्वसाधारणलाई सतर्क रहँदै सरकारी सुरक्षा निर्देशिकाहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

यसअघि कुवेती नेशनल गार्डले आफ्नो नियन्त्रण क्षेत्रमा पाँचवटा ड्रोन खसालिएको जनाएको थियो।

उता, इराकमा सक्रिय लडाकू समूह ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ले पछिल्लो २४ घण्टामा अमेरिकासँग सम्बन्धित २३ वटा लक्ष्यहरूमा आक्रमण गरिएको दाबी गरेको छ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com