काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का क्रममा कायम गरिएको मापदण्ड आगामी निर्वाचनहरूमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन् ।

निर्वाचन आयोग नेपाल ले बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले यसपटक देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्न नपरेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गरिन् ।

advertisement

उनले यसलाई सकारात्मक उदाहरणका रूपमा लिँदै आगामी निर्वाचनहरूमा पनि यस्तै मानक कायम गर्नुपर्ने बताइन् । “यसपटकको निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुदृढ बनाएको छ र देशप्रतिको विश्वास बढाएको छ,” उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले उक्त निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै लोकतन्त्र सुदृढ बनाउन योगदान पुर्‍याएको उल्लेख गरिन् ।

गत भदौ अन्तिम साता आफू प्रधानमन्त्री नियुक्त हुँदा देश कानुनी तथा राजनीतिक अन्योल र सुरक्षा चुनौतीको अवस्थामा रहेको स्मरण गर्दै उनले त्यस अवस्थाबाट निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु महत्वपूर्ण उपलब्धि भएको बताइन् ।

उनका अनुसार प्रारम्भिक चरणमा निर्वाचन चुनौतीपूर्ण भए पनि आयोगको प्रतिबद्धता र सरकारको सहयोगका कारण सफलतापूर्वक सम्पन्न हुन सकेको हो ।

निर्वाचन घोषणा पश्चात् जारी गरिएको अध्यादेशअनुसार करिब १० लाख नयाँ मतदाताले नाम दर्ता गराई उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भएको उनले जानकारी दिइन् ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री सुशीला कार्की ले आयोगप्रति आभार व्यक्त गरिन् ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com