काठमाडौं। जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले सामाजिक सञ्जालको एल्गोरिदमले नेपाललाई ‘अदृश्य जेल’मा परिणत गर्न लागेको निष्कर्ष निकालेको छ।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको मानवीय क्षति, भौतिक संरचनाको नोक्सानी लगायतका घटनाको मूल्याङ्कन गर्दै आयोगले डिजिटल प्लेटफर्मका एल्गोरिदमले सिर्जना गरेको चुनौतीबारे पनि प्रतिवेदनमा प्रकाश पारेको छ।

advertisement

प्रतिवेदनमा उल्लेख छ, ‘आजको नेपालमा कुन राजनीतिक विषय उठ्ने र कुन दबाइने वा नदेखाइने निर्णय अब तर्क वा बहसको आधारमा होइन, सामाजिक सञ्जालको एल्गोरिदमले गर्दछ। यसले लोकतन्त्रलाई मूल तहदेखि कमजोर बनाइरहेको छ।’

आयोगले डिजिटल युगमा भएको मानसिक युद्धको तुलना ऐतिहासिक भौगोलिक युद्धसँग गर्दै एल्गोरिदमलाई यस ‘युद्ध’को प्रधान सेनापति ठहर गरेको छ। प्रतिवेदनमा भनिएको छ, ‘एल्गोरिदमले नेपाललाई अदृश्य जेलमा बन्द गर्ने प्रयास गरेको छ। यो जेल पर्खालले होइन, नागरिकहरूको अभिरुचि र प्राथमिकताले बनाइएको छ।’

प्रतिवेदनका अनुसार, नेपाल भौतिक रूपमा स्वतन्त्र देखिए पनि नागरिकको विचार र व्यवहार पूर्णतया स्वतन्त्र छैन। आयोगले निष्कर्ष निकालेको छ, ‘यहाँका नागरिकहरू बन्दी होइनन्, तर तिनीहरूको सोच सिमित छ। यस जेलको पर्खाल होइन, अभिरुचि नै नियन्त्रणको साधन हो।’

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com