काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अवैध नगद भेटिएको भन्ने प्रचार निराधार भएको दाबी गरेका छन्। जाँचबुझ आयोगसँगको बयानमा प्रचण्डले यस्तो बताएका हुन्।

‘भदौ २४ गते काठमाडौंमा म बस्दै आएको भाडाको निवास तथा चितवन स्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। काठमाडौंमा मेरो आफ्नै घर छैन। मेरो सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो। न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौँ,’ उनले भनेका छन्।

advertisement

भदौ २४ गते सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी तथा निजी भवनहरूमा भएको तोडफोड, आगजनी र लुटपाट केवल सरकार विरुद्धको आक्रोश मात्र नभई व्यवस्था माथि नै प्रहार गर्ने नियोजित प्रयास भएको पुष्पकमल दाहाल प्रचण्ड ले दाबी छ।

आफ्नो पार्टीले जेनजी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्नता नरहेको उनले प्रस्ट पारेका छन्। ‘हाम्रो पार्टीसँग सम्बन्धित कोही व्यक्ति कानुन विपरीत क्रियाकलापमा संलग्न भएको प्रमाणित भए, उसले कानूनी कारबाही भोग्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ उनले भनेका छन्।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com