काठमाडौँ । नेपाली फिल्म उद्योगका चर्चित कलाकार जीतु नेपाल (मुन्द्रे) अभिनीत नयाँ फिल्म ‘आई एम जीत बहादुर’को टिजर भोलि ( चैत १२ बुधबार) सार्वजनिक हुने भएको छ।
निर्माण पक्षका अनुसार भोलि बिहान ११:५५ बजे OSR Digital मार्फत फिल्मको टिजर सार्वजनिक हुनेछ। कर्मभुमी क्रीयशन प्रा.लि को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता जीतु नेपाल स्वयं रहेका छन् भने कथा तथा निर्देशन बलिउड निर्देशक सुवेन्दु घोषले गरेका छन्।
फिल्ममा जीतु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप क्षेत्री र देशभक्त खनाललगायत कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूको यो संयोजनले फिल्मप्रति दर्शकको उत्साह थप बढाएको निर्माण पक्षको विश्वास छ।
फिल्मका सह-निर्मातामा राजन सिम्खडा र दीपेन्द्र अधिकारी रहेका छन् भने कार्यकारी निर्माताको रूपमा निश्चल कुँवर र निरज नेपाल जोडिएका छन्।
बहुप्रतीक्षित यो चलचित्र छिट्टै देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। निर्माण टिमले फिल्मलाई मनोरञ्जनसँगै सशक्त कथावस्तु प्रस्तुत गर्ने दाबी गरेको छ। टिजर सार्वजनिक भएपछि फिल्मबारे थप जानकारी खुल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया