काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न आज अपराह्न केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठक आज अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ । बैठकमा संसदीय दलको नेता चयन र अन्य विविध एजेण्डामा छलफल हुनेछ । बैठकपछि संसदीय दलको बैठक बसेर औपचारिक रूपमा नेता चयन गरिने रास्वपाले जनाएको छ ।
पार्टी स्रोतका अनुसार बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । बालेनलाई नेता चयन गरेपछि भोलि शुक्रबार उनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
रास्वपाले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको छ र एकल सरकार गठनको तयारीमा छ । बालेन शाह प्रधानमन्त्री बन्ने लगभग निश्चित छ ।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया