काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको कार्की आयोग निष्पक्ष अनुसन्धानका लागि नभएको संकेत आयोगकै प्रतिवेदनले दिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शंकर पोखरेलले कार्की आयोग र ०८२ सालको आम निर्वाचन दुवै प्रक्रियाले एल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी मान्यता दिन खोजेको स्पष्ट देखिएको उल्लेख गरेका छन्। उनका अनुसार त्यसकै आधारमा निर्वाचनको नतिजा र आयोगको प्रतिवेदन आएको हो।

महासचिव पोखरेलले यी घटनाक्रमसँगै नेपाली राजनीति नयाँ मोडमा प्रवेश गरेको बताएका छन्। एल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणसहित नयाँ शक्तिको उदय भएको उनको विश्लेषण छ। यस्तो परिस्थितिमा देश र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिएको उनले औंल्याएका छन्।

यद्यपि, उनले नयाँ शक्तिलाई आफ्नै दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्यांकन गर्न दिनु नै उपयुक्त कदम हुन सक्ने बताएका छन्।

तर, उनले स्पष्ट पारेका छन् कि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद वर्तमान समस्याहरूको दीर्घकालीन समाधान होइनन् र विचाराधारित राजनीतिको विकल्प बन्न सक्दैनन्।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com