काठमाडौं । नेकपा (एमाले)का युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्ने विषयमा पार्टीले जिम्मेवारी दिए आफू पछि नहट्ने बताएका छन्।

सिंहदरबारमा सांसद पदको शपथ ग्रहणका लागि पुगेका सुहाङ नेम्वाङले सञ्चारकर्मीसँग कुरा गर्दै हालसम्म दलको नेताबारे पार्टीभित्र औपचारिक छलफल नभएको स्पष्ट पारे।

advertisement

उनले भने, ‘हाम्रा अग्रज नेताहरू अहिले पनि शोकको अवस्थामै हुनुहुन्छ, त्यसैले यस विषयमा पार्टीभित्र ठोस छलफल अघि बढ्न सकेको छैन।’

सामाजिक सञ्जाल तथा बाहिर आफूलाई दलको नेताका रूपमा अघि सार्ने चर्चा भइरहेकोतर्फ संकेत गर्दै उनले त्यसलाई शुभेच्छाका रूपमा लिएको र सम्मान गर्ने बताए।

नेम्वाङले पार्टीले आवश्यक ठानेर जिम्मेवारी दिए नेतृत्व सम्हाल्न तयार रहेको उल्लेख गर्दै भने, ‘यदि पार्टीले अगाडि बढ भन्छ भने म पछि हट्ने छैन।’

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com