काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरूलाई पार्टी कार्यालयमा बोलाएका छन्।
सिंहदरबारमा सांसदहरूको शपथ ग्रहणपछि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूलाई बोलाइएको जानकारी पार्टी सचिव डा. भीष्म अधिकारीले दिएका छन्।
सचिव अधिकारीका अनुसार, अध्यक्ष ओलीले नयाँ संसद र वर्तमान राजनीतिक परिस्थितिमा पार्टी कसरी अघि बढ्ने भन्नेबारे सल्लाह र सुझाव दिन सांसदहरूलाई बोलाउनुभएको हो। उनले भने, “ठ्याक्कै यसका लागि मात्र बोलाइएको हो भन्ने होइन, तर नयाँ परिस्थितिमा रणनीति तय गर्ने प्रक्रियामा सांसदहरूको सहभागिता आवश्यक छ।”
यसपटक प्रतिनिधिसभामा एमालेका २५ सांसद निर्वाचित भएका छन्।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया