काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङ ले संसदीय दलको नेतृत्व सम्हाल्न आफू सक्षम र इच्छुक रहेको बताएका छन्।

सिंहदरबारमा सांसद पदको शपथ ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले पार्टीभित्र औपचारिक रूपमा संसदीय दलको नेताबारे छलफल नभएको स्पष्ट पारे। अध्यक्ष केपी शर्मा ओली शोकमा रहेकाले सोबारे छलफल हुन नसकेको बताउँदै उनले चाँडे पार्टीले निर्णय गर्ने जानकारी दिए।

advertisement

आगामी दिनमा पार्टीले औपचारिक रूपमा नेतृत्व चयन प्रक्रिया अघि बढाए आफू जिम्मेवारी लिन पछि नहट्ने उनले स्पष्ट पारे। “पार्टीले अगाडि बढ्न भन्यो भने म पछि हट्दिनँ, उनले भने।

नेम्वाङले सामाजिक सञ्जाल तथा सार्वजनिक क्षेत्रमा आफूलाई नेतृत्वमा देख्न चाहने आवाजहरूलाई सकारात्मक रूपमा लिँदै ती भावनाहरूलाई सम्मान गर्ने बताए। उनले ती चर्चा समर्थकहरूको सद्भावना भएको उल्लेख गरे।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com