काठमाडौं । बालेन साह नेतृत्वको सरकारमा सोविता गौतम कानुनमन्त्री नै बन्ने भएकी छन् ।

स्वास्थ्यमन्त्री बनाउने छलफल भए पनि अन्तिममा कानूनमा टुंगो लागेको हो ।

advertisement

रास्वपा सभापति रवि लामिछानेले फोन गरेर सोवितालाई जानकारी गराएका छन् ।

त्यस्तै, अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ । गृहमन्त्रीमा भने डिपी अर्याल, सुदन गुरुङ र सुनिल लम्साल मध्य को हुने टुंगो लागिसकेको छैन।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com