काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको छ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहितका नेताहरू बीचको छलफलले खनाललाई परराष्ट्र मन्त्री बनाउने टुंगो लगाएको एक नेताले बताए।

advertisement

खनाल पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हुन्।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खनाल शिक्षामन्त्री पनि बनेका थिए।

यसपालिको चुनावमा उनी काठमाडौं-६ बाट निर्वाचित भएका थिए।

अर्थ मन्त्रीमा स्वर्णिम वाग्लेको सम्भावना रहेको पनि ती नेताले जानकारी दिए।

गृहमा भने तीन जना मध्ये कसलाई बनाउने भन्ने टुंगिएको छैन।

उपसभापति डिपी अर्याल, सुधन गुरूङ र सुनिल लम्सालमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।

सभापति लामिछाने डिपीलाई गृहमन्त्री बनाउन चाहन्छन्। वरिष्ठ नेता शाह भने सुधन र सुनिलमध्ये एक जनालाई गृहमन्त्री बनाउने पक्षमा रहेको छलफलमा सहभागी ती नेताले बताए।

वरिष्ठ नेता बालेन शाहले आज मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन्।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com