काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंह बाहिरिएका छन्। मन्त्री बन्ने चर्चा चलेका सिंह बाहिरिएका हुन्। उद्योग र रक्षा मन्त्रालय बालेन आफैले राख्ने भएको स्रोतले जानकारी दिएको छ।

यता, अमरेशले भने आफूले अस्वीकार गरेको दाबी गरेका छन्। पत्रकार विजय कुमार पाण्डेको पोस्ट सेयर गर्दै आफूले अस्वीकार गरेको दाबी अमरेशले गरेका हुन्।

advertisement

‘श्री अमरेश सिंहले आफूलाई दिइएको- उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री पद अस्वीकार गरेका छन्। अमरेश सिंहजीले, आफू देश र जनताको सेवामा जनप्रतिनिधि एवं सामान्य नागरिकको रूपमा सधैँ क्रियाशील रहने जानकारी। अमरेश सिंहले सर्लाही- ४ बाट नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका थिए,’ उनले भने।

अमरेश गत फागुन २१ मा सम्पन्न निर्वाचनमा सर्लाही- ४ बाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com