काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषदमा चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सोबिता गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।

भरतपुर महानगरपालिकाको दुई पटक नेतृत्व गरिसकेकी नेकपाकी नेतृ रेणु दाहाललाई भारी मतान्तरले पराजित गर्दै संसदमा प्रवेश गरेकी गौतमलाई नयाँ सरकारमा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

advertisement

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चितवन–३ मा उम्मेदवारी दिएकी गौतम ५९ हजार २७७ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी रेणु दाहाललाई ३८ हजार ६६२ मतको फराकिलो अन्तरले पराजित गरेकी थिइन् । दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन् ।

गौतमको राजनीतिक यात्रा २०७९ सालको निर्वाचनबाट सुरु भएको हो । त्यतिबेला उनी काठमाडौँ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

रास्वपाको केन्द्रीय सदस्यसमेत रहेकी गौतम सुशासन, पारदर्शिता र नागरिक अधिकारका मुद्दामा अडिग नेतृका रूपमा परिचित छिन् । साधारण सामाजिक परिवेशमा हुर्किएकी उनले व्यवस्थापन र सामाजिक विज्ञानमा उच्च शिक्षा हासिल गरेकी छन् ।

कानुनमन्त्रीका रूपमा नियुक्त भएपछि गौतमले नेपालको कानुनी संरचनालाई आधुनिक र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ । विशेषगरी युवा र महिलाहरूको राजनीतिक सहभागिता, सामाजिक न्याय र समावेशी विकास उनका प्राथमिकताका क्षेत्र हुन् ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com