काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले स्वास्थ्य मन्त्रालयको कार्यकक्ष पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेकी हुन् ।
सुनसरीको इनरुवामा हुर्किएकी मन्त्री निशा मेहता वर्षौंदेखि अस्पतालका वार्डमा बिरामीको प्रत्यक्ष सेवा गर्दै आएकी स्वास्थ्यकर्मी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट सांसद बनेकी मधेशी महिला प्रतिनिधि हुन् ।
मन्त्री मेहताले पदभार ग्रहणपछि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताएकी छन् ।
बालेन शाहको नेतृत्वमा गठित नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी निशा मेहता रास्वपाकी समानुपातिक सांसद हुन् ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया