काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई दिएका हुन्।
ओलीले नवनियुक्त प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया