काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। उनले सरकारका राम्रा काममा पार्टीको साथ रहने भन्दै सूक्ष्म निगरानी पनि गर्ने बताए।

उनले भने, ‘झन्डै दुई तिहाइको सरकार भएकाले यो सरकारसँग जनताका अपेक्षा धेरै छन्, ती पूरा हुँदै जानेछन् भन्ने विश्वास मैले लिएको छु । अर्कोतिर यो जति अवसर हो, नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूका लागि त्यति नै चुनौती पनि ।’

advertisement

उनले सरकारका राम्रा कामहरूमा समर्थन सधैँ रहने बताए।

उनले भने, ‘सँगसँगै हामीले सरकारका कामहरूबारे सूक्ष्म निगरानी पनि गर्नेछौँ, जनताको अपेक्षाविपरीत कुनै कदम चालिए, संविधान तथा राष्ट्रियताको रक्षाका लागि, हामी खबरदारी पनि गर्नेछौँ ।’

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com