काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी पदबहाली गर्ने क्रममा भाव विह्वल भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शपथ गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेकी उनी कर्मचारीले स्वागत गर्नुअघि नै भक्कानिएकी हुन् ।

समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी उनी वादी समुदायको पहिलो मन्त्री हुन् । उनी भक्कानिएपछि स्वागतका लागि तयार बसेका कर्मचारी केहीबेर स्तब्ध बनेका थिए । सीताले आँशु पुछ्दै सम्हालिएर स्वागत ग्रहण गरेकी छन्।

advertisement

आफूले सोच्दै नसोचेको पद पाएपछि सीता निकै भक्कानिएको कर्मचारीहरू बताउँछन् । बालेन्द्र शाह सरकारमा सीतासहित पाँच महिला मन्त्री बनेका छन् । जसमा सोविता गौतम, प्रतिभा रावल, निशा मेहता, गीता चौधरी र सीता वादी छन् ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com