काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी ले पदबाट राजीनामा दिएकी छन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेर अघि राजीनामा बुझाएकी हुन् ।

भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।  नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शपथ लिएका थिए ।

advertisement

नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् । सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com