काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कुमार बेनलाई प्रमुख सल्लाहकार नियुक्त गरेका छन्।

रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार उनलाई प्रमुख सल्लाहकार नियुक्त गरेका हुन्। शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै कुमारले साथ दिँदै आएका थिए। उनी शाहका रणनीतिक सल्लाहकार हुन्।

advertisement

यस्तै, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। उनी अघिल्लो प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदसमेत भएका थिए।

उनले चुनावअघि बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेबीच एकता गराउन पनि भूमिका खेलेका थिए।

यस्तै, प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com