काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। चिकित्सकको सुझावपछि निगरानीमा राख्न उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

उनलाई अस्पतालको एनेक्स वान भवनस्थित विशेष कक्षको ५०१ नम्बर बेडमा राखिएको छ। उनको रगत परीक्षण, भिडियो एक्सरे लगायतका जाँच गरिएको थियो।

advertisement

पक्राउपछि प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि ७४ वर्षीय केपी शर्मा ओली लाई अस्पताल पुर्‍याइएको थियो। उनलाई २३ र २४ भदौको जेनजी आन्दोलनमा दोषि देखाउँदै छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेअनुसार प्रहरीले पक्राउ गरेको हो।

शनिबार एकाबिहानै भक्तपुरको गुण्डुस्थित निवासबाटै प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनको पक्राउको विरोध भइरहेको छ।

साथै प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको छ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com