काठमाडौं। नेकपा एमालेका नेता पक्राउ परेका छन् । नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार बलात्कार सम्बन्धी कसुरमा मल्ललाई शनिबार सातदोबाटोबाट पक्राउ गरिएको हो ।
मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् । पीडित महिलाले बालकुमारीको एक होटलमा मल्लले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।
पीडित महिला कालिकोटकी स्थानीय हुन् । उनले सुरुमा भ्रुणहत्या सम्बन्धी जाहेरी दिएकी थिइन् भने पछि बलात्कारको जाहेरी दर्ता गराएकी थिइन् ।
प्रहरीले मल्ललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया