काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनलाई आज बिहान निवासबाटै नियन्त्रणमा लिइएको हो।ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाएको छ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया