काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा विरुद्ध पनि अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।
विभागले पूर्व प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा सहित उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणादेउवा र उनको पूरै परिवारविरुद्ध अनुसन्धान सुरु गरेको हो । विभागले प्रमाण नष्ट हुन सक्ने भन्दै उनको घर भत्काउन रोक लगाएको छ ।
जेन–जी आन्दोलनको क्रममा आगजनी र तोडफोड गरिएको देउवाको बुढानीलकण्डसिथत घर केही दिनअघिदेखि भत्काउन सुरु गरिएको थियो । घर पुनर्निर्माणका लागि भत्काइएको बताइएको थियो ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया