काठमाडौं। नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले औपचारिक अनुसन्धान सुरु गरेको छ ।
विभागले देउवा, उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा र उनीहरूको सम्पूर्ण परिवारमाथि समेत औपचारिक अनुसन्धान अघि बढाएको हो ।
विभागले प्रमाण नष्ट हुन सक्ने भन्दै बुढानीलकण्ठस्थित देउवा निवास भत्काउन तत्काल रोक लगाएको छ । उक्त घर जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि केही दिनअघिदेखि भत्काउने काम सुरु भएको थियो । घर पुनर्निर्माणका लागि भत्काइएको बताइए पनि विभागले अनुसन्धानका लागि आवश्यक प्रमाण संरक्षण गर्न भत्काउने काम रोकेको हो ।
यो अनुसन्धानले नेपाली राजनीतिक वृत्तमा नयाँ चर्चा उत्पन्न गरेको छ । विभागले देउवा परिवारको सम्पत्ति तथा आर्थिक कारोबारबारे विस्तृत छानबिन गर्ने बताएको छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया