काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा माग गरेको छ ।
अहिले यो मागमाथि अदालतमा बहस भइरहेको छ । ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्नुपर्ने कुनै आवश्यकता नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।
आज जिल्ला अदालतमा दुईवटा निवेदन दर्ता भएका छन् । पहिलो निवेदन जरुरी पक्राउ पुर्जीको समर्थनमा छ भने दोस्रो निवेदन १० दिन थुनामा राखेर म्याद थप गरी अनुसन्धान गर्नुपर्ने मागसहित छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली र लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा हिजो शनिबार बिहान जरुरी पक्राउ पुर्जी जारी गरी दुवै नेतालाई पक्राउ गरिएको थियो ।
जेनजी आन्दोलनको समयमा केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री रहेका थिए ।
अदालतले अब यस विषयमा के निर्णय गर्छ, त्यसलाई निकट भविष्यमा नै हेर्न बाँकी छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया