काठमाडौं। देशका विभिन्न जिल्लाहरूबाट लागू औषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङ : जयपृथ्वी नगरपालिका-९ चिउरी खानबाट खैरो हेरोइन जस्तो देखिने १७० मिलिग्राम लागू औषधसहित सुर्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय प्रदीप बोहरा र २३ वर्षीय तिलक बोहरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

advertisement

रुपन्देही : कञ्चन गाउँपालिका-५ गरगरे, देउराली टोलबाट करिब १ ग्राम ८ मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थसहित ३० वर्षीय किरण सुनारसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो ।

कैलाली : धनगढी उपमहानगरपालिका-९ ब्रांग्रा कटानबाट ३ ग्राम २०० मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थसहित २० वर्षीय जनक ठगुन्नालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मोरङ : कानेपोखरी गाउँपालिका-६ बिहीबारेबाट करिब १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थसहित ३२ वर्षीय दिप्लुङ राईसहित तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर : बेलौरी नगरपालिका-६ बाट २ ग्राम ९० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थसहित पुनर्वास नगरपालिका ढक्का बस्ने २३ वर्षीय सिकन्दर राना र २८ वर्षीय रामपाल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरू भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार थिए ।

झापा : भद्रपुर नगरपालिका-४ डाँगीवारीबाट ८ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थसहित अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्ने १७ वर्षीय किशोरसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरू भारतबाट पैदल नेपालतर्फ आउँदै थिए ।

नवलपरासी पूर्व : विनयी त्रिवेणी गाउँपालिका-२ दुम्किवास बजारबाट नियन्त्रित लागू औषध स्पास्मो ८८ ट्याब्लेट र नगद ८ हजार ५०० रुपैयाँसहित २७ वर्षीय अमृत श्रेष्ठसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरू ना.१९ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार थिए ।

बाँके : कोहलपुर नगरपालिका-१५ चौधरिया गाउँबाट ६ ग्राम १८० मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थ र डिजिटल तराजु १ थानसहित २७ वर्षीय सोम कुमार थारुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com