काठमाडौं। फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचन अघि सबैभन्दा ठूला रहेका तीन दलका तर्फबाट प्रधानमन्त्री बनेका तीन पूर्वप्रधानन्त्रीमाथि अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान अघि बढाएको हो।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली, र नेपाल कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्ड माथि अनुसन्धान सुरु भएको हो। प्रतिनिधि सभा निर्वाचन  अनुसन्धानका लागि विभागले प्रहरीलाई पत्राचार गरेको छ र विभागसँगै प्रहरीले पनि प्रक्रिया अघि बढाएको छ।

advertisement

तीन पूर्वप्रधानमन्त्रीसँगै पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारका नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतबारे पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। भूषण राणा माथि समेत अनुसन्धान जारी छ।

यसैबीच, प्रहरीले हिजो केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो। उक्त मुद्दा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दाभन्दा छुट्टै रहेको बताइएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अनुसन्धान गरिरहेको छ भने ज्यानसम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौं ले अनुसन्धान अघि बढाइरहेको छ।

हाल शेरबहादुर देउवा दम्पति देशबाहिर रहेका छन् भने पुष्पकमल दाहाल प्रचण्ड र भूषण राणा लाई भने पक्राउ गरिएको छैन।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com