काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक को रिहाइको माग गर्दै सर्वोच्च अदालत मा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको छ।

प्रहरीले लेखकलाई हिजो बिहान करिब ६ बजे पक्राउ गरेको थियो। भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ आयोगले कारबाही सिफारिस गरेपछि बालेन शाह नेतृत्वको सरकारले उनलाई नियन्त्रणमा लिएको हो।

advertisement

आज उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो, जहाँ प्रहरी पक्षले थप अनुसन्धानका लागि १० दिनको समय माग गरेको छ। उक्त रिटमाथि भोलि सुनुवाइ हुने तय भएको छ।

यसैबीच, केपी शर्मा ओली पनि सोही प्रकरणमा पक्राउ परेका छन्। उनकी पत्नी राधिका शाक्य ले पनि रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी छन्। उनको रिटमाथि पनि भोलि नै सुनुवाइ हुने जनाइएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com