काठमाडौं। पूर्वऊर्जा मन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ मा पेस गरिएको छ।
प्रहरीले आइतबार बिहान दीपक खड्कालाई पक्राउ गरेपछि केहीबेरअघि अदालतमा उपस्थित गराएको हो।
नेपाल प्रहरी को सीआईबीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा तोडफोड तथा आगजनी भएको थियो।
उक्त घटनापछि सामाजिक सञ्जालमा घरभित्र जलेका नेपाली तथा विदेशी नोटसम्बन्धी भिडियोहरू सार्वजनिक भएका थिए।
सोही घटनासँग जोडिएको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान अघि बढाइरहेको छ।
विभागले खड्काको घरबाट जलेका नोटका अवशेष र खरानीसमेत संकलन गरेर परीक्षण गरिसकेको जनाएको छ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार












प्रतिक्रिया