काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल स्रोत नियन्त्रणमा लिन सकिने बताएका छन्। फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने सम्भावनासमेत संकेत गरेका हुन्।

ट्रम्पका अनुसार आवश्यक परे खार्ग टापु नियन्त्रणमा लिएर केही समय त्यहाँ बस्नुपर्ने अवस्था आउन सक्छ। उनले इरानको रक्षा क्षमता कमजोर रहेको दाबी गर्दै उक्त क्षेत्र सजिलै कब्जा गर्न सकिने टिप्पणी गरेका छन्।

यसैबीच, मध्यपूर्वमा बढ्दो तनावका बीच थप ३,५०० अमेरिकी सैनिक त्यहाँ तैनाथ गरिएको छ, जसले अमेरिकी सेना इरानी आक्रमणको जोखिममा पर्न सक्ने चिन्ता बढाएको छ।

ट्रम्पले पाकिस्तानमार्फत भइरहेको अमेरिका–इरान अप्रत्यक्ष वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए पनि छिट्टै युद्धविराम हुनेबारे स्पष्ट टिप्पणी गर्न मानेनन्। उनले भने, ‘सम्झौता छिट्टै हुन सक्छ।’

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com