काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिएका छन्।

advertisement

मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कार्यालयमा बस्नेछ।

आज बस्ने बैठक नवगठित मन्त्रिपरिषदको दोस्रो बैठक हो।

यसअघि शुक्रबार सरकार गठन लगत्तै मन्त्रिपरिपद् बैठक बसेको थियो।

उक्त बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

 

शुक्रबारकै मन्त्रिपरिषद बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com