काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा पुगि उनले आज अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी का स्वकीय सचिव राजकुमार राईले जानकारी दिइन् । पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

advertisement

अध्यक्ष ओलीलाई गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com