काठमाडाैं । शिक्षामन्त्री सस्मित पोखरेल ले एसइई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।
सोमबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा एसइई दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको बताए।
‘एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो,’ सस्मित पोखरेल ले भने।
मन्त्रालयले आइतबार ‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्नाका लागि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने’ निर्णय सहितको सूचना सार्वजनिक गरेको थियो।
तर त्यस्ता कक्षा सञ्चालन गर्ने व्यवसायीहरूले विरोध जनाएपछि सोमबार बिहान उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार












प्रतिक्रिया