काठमाडौं । कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ स्थित गुडरुङ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।
साथीहरूसँग पौडी खेल्नजाने क्रममा १४ वर्षीय तुसार खनालको मृत्यु भएको हो।
सोमवार दिउसो साढे ३ बजेतिर खोलामा डुबेर बेपत्ता भएका खनालको शव प्रहरीले एक घन्टापछि फेला पारेको थियो।
शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको छ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार












प्रतिक्रिया