काठमाडौं। गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको टिमबीच विपद् व्यवस्थापन र सीमा सुरक्षा सम्बन्धी महत्वपूर्ण छलफल भएको छ।
बैठकमा विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी, सम्भावित विपद् जोखिम न्यूनीकरण गर्ने रणनीति, स्रोत व्यवस्थापन तथा विभिन्न निकायबीच समन्वयका विषयमा विस्तृत छलफल गरिएको छ।
त्यसैगरी, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्तीलाई कडा बनाउने निर्णय गरिएको छ। तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायहरूलाई कडा निर्देशन दिइएको पनि बैठकमा जानकारी गराइएको छ।
बैठकमा विपद् जोखिम न्यूनीकरण र सीमा सुरक्षा दुवै क्षेत्रमा थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया