काठमाडौं। शोभा पाठकले नेकपा एमालेका सचिव महेश बस्नेतलाई कानूनको दायराबाट कुनै हालतमा उम्किन नदिने चेतावनी दिएकी छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतलाई कानुनी दायरामा ल्याएर छाड्ने र आवश्यक परे कठालो समातेर माइतीघरबाट घिसार्दै ल्याउने समेत अडान राखेकी छन्।

advertisement

उनले भनिन्, “महेश बस्नेत कदापि उम्कन सक्नुहुन्न। कानुनी दायरामा ल्याएर छाड्छु। म बाचा गर्छु, यो कुनै आरोप होइन। सुधन गुरुङ र बालेन शाहको धावा दिएर बोल्दैछन्। सरकारले ल्याउन मिल्दैन होला तर मैले ल्याउन मिल्छ। म कठालो समातेर माइती घरबाट घिसार्छु।”

पाठकले उच्च अदालत पाटनमा विगत दुई वर्षदेखि मुद्दा लडिरहेको बताउँदै अदालतले महेश बस्नेतको गुण्डाराज र केपी ओली सरकारका कारण मुद्दा फैसला गर्न नसकेको आरोप लगाइन्। उनले न्यायका लागि पुनः जाहेरी लिएर अदालत गएको पनि बताइन्।

पाठकले बस्नेतलाई कानुनी कारबाहीको दायरामा ल्याउने, कुनै हालतमा उम्किन नदिने आफ्नो अडान कायम रहेको स्पष्ट पारेकी छन्।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com