काठमाडौं। सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर भगवती खड्का पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका वडा नं. १२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्का रहेको प्रहरीले जनाएको छ। उनी रेसलर तथा नेकपा एमाले समर्थक हुन्।
पीडित महिलाका अनुसार खड्काले सामाजिक सञ्जालमा पीडितको फोटोमा अश्लील कमेन्ट गरी सार्वजनिक रूपमा बेइज्जत गरेको, घृणा र द्वेष फैलाएर चरित्र हत्या गरेको आरोप छ। पीडितले साइबर ब्यूरोमा निवेदन दिएपछि खड्कालाई पक्राउ गरिएको हो।
प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा चैत १७ गते काठमाडौंबाट पक्राउ गरिएको छ। जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया