काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य कारबाही छिट्टै अन्त्य हुने र अमेरिकी सेना दुईदेखि तीन हप्ताभित्र फिर्ता हुन सक्ने बताएका छन् ।
उनका अनुसार, अमेरिका आफ्नो मुख्य उद्देश्य पूरा भएपछि इरान छोड्ने तयारीमा छ र यसका लागि कुनै औपचारिक सम्झौता आवश्यक छैन ।
ट्रम्पले ‘हामी धेरै चाँडै बाहिरिन्छौँ, सम्भवतः दुई वा तीन हप्ताभित्र’ भन्दै छिटो फिर्तीको संकेत दिएको अल जजिराको समाचारमा उल्लेख छ ।
इरान युद्ध पाँचौं हप्तामा प्रवेश गरिरहेका बेला यस्तो घोषणा आएको हो, जसले क्षेत्रीय स्थिरता र विश्व ऊर्जा बजारमा असर पारिरहेको छ ।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया