काठमाडौं। इराकको राजधानी बगदादमा एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन्।
अमेरिकी स्वतन्त्र पत्रकार (अमेरिकी महिला पत्रकार) शेली किटेलसनलाई मंगलबार साँझ अपहरण गरिएको समाचार वेबसाइट अल-मोनिटरले रिपोर्ट गरेको छ।
इराकी गृह मन्त्रालयका अनुसार सुरक्षा बलले अपहरणकारीहरूलाई पछ्याउँदा एक गाडी पल्टिएको थियो र एक संदिग्ध व्यक्ति पक्राउ परेका छन्।
अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिलाई इरान समर्थित मिलिशिया समूह “कतैब हिज्बुल्लाह” सँग सम्बन्धित रहेको बताएका छन्।
अमेरिकी विदेश विभागका सहायक सचिव डिलन जोनसनले पत्रकारको अपहरण भएको पुष्टि गरेका छन्। उनले एक्स (ट्विटर) मा लेखे, “विदेश विभागले पत्रकारलाई उनको विरुद्धमा रहेको धम्कीबारे पहिले नै चेतावनी दिइसकेको थियो। हामी उनको रिहाइका लागि एफबीआईसँग मिलेर काम गरिरहेका छौं।”
तर नाम लिएर बोल्नबाट भने विदेश विभागले बचाएको छ। विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गोपनीयता र अन्य कारणले गर्दा हाल यस विषयमा थप जानकारी साझा गर्न सकिँदैन।”
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया