काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध रूपमा चयन भएका छन्।

बुधबार सम्पन्न दलको नेता चयन प्रक्रियामा उनी एक्ला उम्मेदवार बनेपछि निर्विरोध निर्वाचित भएका हुन्।

advertisement

यसअघि सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरेका थिए। तर, अन्तिम समयमा मनोनयन दर्ताका लागि आवश्यक प्रस्तावक र समर्थक नपाएपछि उनले उम्मेदवारी दर्ता गर्न सकेनन्।

निर्विरोध चयनपछि नेम्वाङले बादललाई खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com