काठमाडौं। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादल ले जनमतको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभामा अल्पमतमा रहेको बताएका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

advertisement

उनका अनुसार प्रतिनिधि सभाको अंकगणितीय आधारमा रास्वपा बहुमतमा देखिए पनि जनमतको दृष्टिले भने अल्पमतमा रहेको छ। उनले रास्वपाले करिब ४७ प्रतिशत अर्थात् झण्डै ५१ लाख मत प्राप्त गरेको उल्लेख गर्दै बाँकी मत प्रतिपक्षका पक्षमा गएको बताए।

बादलले ती मतलाई रास्वपाविरुद्धको मतका रूपमा व्याख्या गर्दै जनमतको हिसाबले प्रतिपक्ष नै बहुमतमा रहेको दाबी गरे। उनले संसदीय अंकगणितका हिसाबले मात्र प्रतिपक्ष अल्पमतमा देखिएको तर जनमतले भने फरक चित्र देखाएको जिकिर गरेका छन्।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com