काठमाडौं । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकविरुद्ध हिल्टन होटल प्रकरणमा दर्ता भएको विद्युतीय कारोबार सम्बन्धी मुद्दा खारेज गरेको छ।
जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको एकल इजलासले बुधबार प्रहरीको दाबी पर्याप्त नभएको भन्दै पाठकलाई सफाइ दिएको हो।
मुद्दा त्यतिबेला दर्ता भएको थियो जब हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई देखाइएको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो। सो उजुरीको आधारमा पाठकविरुद्ध विद्युतीय कारोबार कसुरमा मुद्दा दर्ता गरिएको थियो।
अदालतको निर्णयपछि पत्रकार पाठकले कानूनी रुपमा आफ्नो सुरक्षा सुनिश्चित भएको र प्रेस स्वतन्त्रताको पक्षमा यो फैसला महत्वपूर्ण भएको बताएका छन्।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया