काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा लाई प्रदान गरिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए। आज ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी गराइएको उनले बताए।

advertisement

अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि रामबहादुर थापा लाई  कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको बैठकमा जानकारी गराइएको थियो।

अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरेको छ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com