काठमाडौं । अर्थ मन्त्रालयले आज राजस्व चुहावट नियन्त्रण गर्न उच्चस्तरीय छलफल गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह तथा राजस्व प्रशासनका सचिवहरू, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू सहभागी हुने मन्त्रालयले जनाएको छ।
साथै, राजस्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरू पनि बैठकमा उपस्थित हुनेछन्। बैठकमा राजस्व छली र चोरी-पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनका विषयमा अर्थमन्त्री डा. वाग्लेले महत्त्वपूर्ण निर्देशन दिने तयारी रहेको सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे सुरु भएर करिब एक घण्टा चल्नेछ, मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया