काठमाडौं । संघीय संसद सचिवालय ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने लाई संसद प्रवेशमा कुनै रोकतोक नभएको स्पष्ट पारेको छ।
चितवन–२ बाट निर्वाचित लामिछानेविरुद्ध कास्की जिल्ला अदालत मा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विचाराधीन रहेको छ। यसअघि अघिल्लो प्रतिनिधि सभामा उनीमाथि मुद्दा दायर भएपछि तत्कालीन सभामुख देवराज घिमिरे ले उनलाई निलम्बन गरेका थिए।
संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार हालसम्म सरकारी वकिलको कार्यालयबाट कुनै आधिकारिक पत्र नआएकाले लामिछानेलाई संसद बैठकमा सहभागी हुन रोक लगाइएको छैन।
यसअघि २०८१ पुस ८ गते सभामुख घिमिरेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार उनलाई निलम्बन गरेका थिए। उक्त व्यवस्थाअनुसार थुनामा रहेको वा मुद्दा विचाराधीन अवस्थामा रहेको अवस्थामा स्वतः निलम्बन हुने प्रावधान छ।
रवि लामिछाने माथि सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा करिब ३० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने लामिछानेले पनि बैठकलाई सम्बोधन गर्ने सम्भावना रहेको बताइएको छ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया